प्रतिबन्धित नशालु ट्याबलेट सहित सिक्किमका युवक पक्राउ

सिलगढी:  पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर गत राति सिलगढीको एसएनटी बस स्ट्यान परिसरबाट धेरै मात्रामा प्रतिबन्धित नशालु ट्याबलेट सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी सिक्किम निवासी विक्रम तामाङ (23) को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्र अनुसार आरोपी विक्रम तामाङ नशालु ट्याबलेट बिक्री गर्ने उद्देश्यले प्रधान नगरस्थित एसएनटी बस स्ट्यान्डमा गएका थिए। यसको जानकारी पाउनसाथ सिलगढीको प्रधान नगर थाना पुलिसले एसएनटी परिसरबाट विक्रमलाई 200 वटा नशालु ट्याबलेट सहित पक्राउ गरेको छ। पुलिसले आज तिनलाई ड्रग्स एण्ड कस्मेटिक एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *