प्रतिबन्धित प्लास्टिक विरुद्ध 3 नम्बर बोरो कमिटीद्वारा अभियान

सिलगढी : सिलगढी नगरनिगमको 3 नम्बर बोरो कमिटीले आज प्रतिबन्धित प्लास्टिक विरुद्ध अभियान चलायो। कमिटीको तर्फबाट आज बिहान सिलगढीको सुभाषपल्ली, रथखोला बजारमा अभियान चलाएर केही दोकानहरूबाट प्लास्टिकको क्यारी ब्याग पनि उद्धार गरे। यसको साथै प्लास्टिकको प्रयोगबारे क्रेता तथा विक्रेताहरूलाई सचेतना पनि गराउँदै दोकानहरूमा स्टिकर पनि लगाइयो। उक्त अभियानमा सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, 3 नम्बर बोरो कमिटीका चेयरम्यान मिली सिन्हा, 23 नम्बर वार्डका काउन्सिलर लक्ष्मी पाल लगायत अन्य उपस्थित थिए। यस विषयमा 3 नम्बर बोरो कमिटीका चेयरम्यान मिली सिन्हाले भनिन्, प्रतिबन्धित प्लास्टिकको प्रयोगबारे मानिसहरू सचेत भइसकेका छन्। सिलगढीमा मात्र नभएर राज्यभरिमै प्लास्टिकको प्रयोगबारे जागरूक अभियान चलाइरहेको छ। यस प्रकारको अभियान चलाएर मानिसहरूलाई प्लास्टिकको प्रयोगबारे सचेतना गराइरहेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *