प्रतिबन्धित ट्याबलेट र कफ सिरपसहित एकजना पक्राउ

सिलगढी : सिलगढी सहरमा ड्रग्सको व्यापार पूर्ण रूपमा बन्द गर्नको लागि सिलगढी मेट्रोपोलिटन पुलिसको सबै थानाको तर्फबाट लगातार अभियान चलाइरहेको छ। यसै क्रममा गत राति प्रधान नगर थाना पुलिसले सिलगढी नगरनिगमको तीन नम्बर वार्डबाट मोहम्मद राजा हाशमी उर्फ मुन्ना नाम गरेको एकजना युवकलाई नशालु ट्याबलेट अनि प्रतिबन्धित कफ सिरपसहित पक्राउ गरेको छ। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा पर्ने युवक धेरै दिन अघिदेखि मादक पदार्थको तस्करीमा संलग्न रहेको बताइएको छ। पुलिसले आरोपी युवकबाट 50 बोतल कफ सिरप र नशालु ट्याबलेट उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *