प्रतिबन्धित ट्याबलेटसहित युवक पक्राउ

सिलगढी : बीएसएफ 199औँ बटालियनका जवानहरूले प्रतिबन्धित ट्याबलेटसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक दक्षिण दिनाजपुर निवासी 21 वर्षीय रियाजुल मण्डलको रूपमा चिन्हित भएको छ। गोप्य सूत्रको आधारमा बीएसएफका जवानहरूले आज कदमतल्ला इलाकामा अभियान चलाएर 5 हजार प्रतिबन्धित ट्याबलेटसहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। उक्त जफत गरिएको प्रतिबन्धित ट्याबलेटको अनुमानित बजार मूल्य लगभग 25 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *