प्रतिबन्धित ट्याबलेटसहित दुईजना पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले धेरै मात्रामा प्रतिबन्धित ट्याबलेटसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा भानुनगर निवासी अभिषेक प्रधान र बोतल कम्पनी निवासी बिपिन किशोर तिग्गा सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा हिजो अपरान्ह भक्ति नगर थाना पुलिसले सिलगढीको डन बस्को मोड़ नजिक 920 पीस प्रतिबन्धित ट्याबलेट सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। जफत गरेको प्रतिबन्धित ट्याबलेटको अनुमानित बजार मूल्य 20 हजार रुपियाँ भन्दा अधिक रहेको बताइएको छ। पक्रा परेक दुईजना व्यक्तिविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *