प्रतिबन्धित कफ सिरप सहित एकजना युवक पक्राउ

सिलगढी (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले प्रतिबन्धित कफ सिरफ सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक सयार रोक्काको रूपमा चिन्हित गरिएको छ। पुलिसबाट आरोपी युवकबाट प्रतिबन्धित 30 बोतलभन्दा अधिक कफ सिरप जफत गरेको छ। जानकारी अनुसार, प्रधान नगर थाना पुलिसले गोप्य सूचना पाएपछि सादा पोशाकमा रेगुलेटेड मार्केट इलाकामा अभियान चलाएर सयार रोक्कालाई बिक्री गर्न लगेको प्रतिबन्धित कफ सिरप सहित पक्राउ गरेको छ। आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *