प्रतिबन्धित कफ सिरप सहित 3 जना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले मादक पदार्थ तस्करी नेटवर्कको लिङ्क म्यानको रूपमा अझै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति दीप मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत राति दुईजना युवकले प्रतिबन्धित कफ सिरप तस्करी गर्ने मतिगढा थाना पुलिसले गोप्य सुइँको पाएपछि मतिगढा हिमुलको एक नम्बर गेट नजिक अभियान चलाएर हितेश सिङ्घा र शुभङ्कर रायलाई पक्राउ गर्नको साथै 60 बोतल प्रतिबन्धित कफ सिरफ पनि उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले पक्रा परेका दुईजना युवकसित सोधखोज गरेपछि आज बिहान  दीपु मण्डललाई पक्राउ गरेको छ। पक्रा परेका तीनैजना आरोपी विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गर्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *