प्रतिमानसिंह लामाको 133औंँ जन्म जयन्ती पालन

खरसाङ (निसं) : खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको 133 औं जन्म जयन्ती पालन गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङ र प्रतिमानसिंह लामा सालिग निर्माण समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ निरुपम-ले गरेका थिए भने मुख्य अतिथिका रूपमा खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान एवम् पुस्तकालयका पूर्व अध्यक्ष रबीनकुमार प्रधान उपस्थित थिए।


पुस्तकालयका सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको जीवनी र योगदान विषयमा आशा मुखिया लामाले वक्तव्य राखेका थिइन् भने स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको परिवारबाट नाति जितेन्द्र लामाले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको परिवारबाट मिलिमा तामाङ अनि खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरू विनोदप्रकाश शर्मा, जीबी बल, तिलक शर्मा लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रम विषयमा गोर्खा जनपुस्ताकालय खरसाङको अध्यक्ष पूर्ण गुरुङ निरुपमले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *