प्रतिभाको खोजीमा भाइचुङ भुटियाले सिलगढीमा फुटबल अकादमी खोल्ने

सिलगढी : पूर्व भारतीय फुटबलर भाइचुङ भुटियाले फुटबल प्रतिभाहरूको खोजीमा एउटा अकादमी खोल्ने भएको छ। हिजो सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजा गरेर तिनले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार युनाइटेड सिक्किम फुटबल क्लब अन्तर्गत सिलगढीमा फुटबल अकादमी खोलिइनेछ। बुनियादी ढाँचाको कमीले गर्दा पहाड़देखि लिएर समतलका धेरैजना प्रतिभाहरूले आफ्नो प्रतिभा देखाउने मौका पाइरहेका छैनन्। यसैले इङ्गल्यान्डबाट कोच रिचर्ड चेम्बरलेनलाई ल्याइनेछ। आगामी 1 मईदेखि सिलगढीको सालुगढा नेतृबिन्द संघको मैदानमा फुटबल अकादमी शुरू गरिने तिनले बताए। अर्कोतिर, भाइचुङ भुटियाले आज बिहान सिलगढी दादा भाई स्पोर्टिङ क्लब मैदानको निरीक्षण गर्नको साथै क्लबका अधिकारीहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले दादाभाई स्पोर्टिङ क्लबका अधिकारीहरूसित सिलगढीमा फुटबल कोचिङ सेन्टर खोल्ने विषयमा कुराकानी भइसकेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *