प्रतुल चक्रवर्तीले सिलगढी नगरनिगमको चेयरम्यान पदको लागि लिए शपथ

सिलगढी : सिलगढी नगरनिगमको चेयरम्यान पदको लागि प्रतुल चक्रवर्तीले आज शपथ ग्रहण गरे। तिनले सिलगढीको 24 नम्बर वार्डबाट तृणमूल प्रार्थीको रूपमा चुनाउ जितेका थिए। सिलगढी नगरनिगमको चेयरम्यान पदको लागि तिनलाई चयन गरिने कुरा अघिबाट चलिरहेको थियो भने कोलकाताबाट तृणमूलका शीर्ष नेतृत्वहरूको निर्देश अनुसार तिनले चेयरम्यान पदको लागि मनोनयन पत्र बुझाएका थिए। जिल्लाशासक एस पन्नमबलमले आज प्रतुल चक्रवर्तीलाई चेयरम्यान पदको लागि शपथ ग्रहण गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *