प्रेमिकालाई भेट्न आएका बङ्ग्लादेशका युवक सीमा क्षेत्रबाट पक्राउ

जलपाईगढी : मायाको जालमा परेर बङ्ग्लादेशका एकजना युवक अवैध रूपमा भारत-बङ्ग्लादेशको सिमाना छिरेर प्रेमिकासित भेट गरेपछि फर्किरहेको समय बीएसएफ-का जवानले तिनलाई पक्राउ गरेको छ जलपाईगढीको मानिकगञ्जको सिमानाबाट अवैध रूपमा बङ्ग्लादेश गइरहेको समय बीएसएफ-का जवानहरूले तिनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवक बङ्ग्लादेशको पञ्चगढ जिल्ला निवासी मना चन्द्र रायको रूपमा चिन्हित गरिएको छ। पक्रा परेका बङ्ग्लादेशका युवकको भारतकी एउटी युवतीसित 5 वर्ष अघि सोशल मीडियामार्फत् चिनाजाना भएपछि दुईजनामाझ प्रेम सम्बन्ध गाँसियो। ती दुई प्रेमी-प्रेमिकाले फोनमार्फत् कुराकानी गर्ने गर्दथे। उक्त युवकले मलेशियाको एउटा गैर सरकारी कम्पनीमा काम गर्दथे भने छुट्टीमा बङ्ग्लादेश आएका थिए। यसपछि तिनी आफ्नी प्रेमिकालाई भेट्न दुई हप्ता अघि भारतमा प्रवेश गरेका थिए। गत राति मानिकगञ्जको सिमाना भएर बङ्ग्लादेश फर्किरहेको समय बीएसएफका जवानहरूले तिनलाई पक्राउ गरे। पक्रा परेका युवकबाट मलेशिया र बङ्ग्लादेशको रुपियाँ उद्धार भएको छ। बीएसएफले पक्रा परेका बङ्ग्लादेशी युवकलाई जलपाईगढी कोतवाली थानालाई सुम्पिदिएपछि आज तिनलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *