प्रेमिका शर्माको उपचारको निम्ति आर्थिक सहयोग जुटाउन समिति गठन

टिस्टा भेल्ली: रङ्गली रङ्लियट ब्लक अन्तर्गत गेल चियाबारी चारधुरे निवासी पूरण शर्माकी पत्नी प्रेमिका शर्मा बिगत केही महिनादेखि स्तन क्यान्सरले पीडित छन्। चियाबारीमा कार्यरत् प्रेमिका शर्मा स्वयम् नै बिमारले ग्रसित भएर धेरै महिनादेखि ओछ्यान परेपछि तिनको घरको अर्थिक अवस्था हाल अत्यन्तै कमजोर भएर गएको बताइएको छ। बिमारीको उपचारको निम्ति घरको सम्पूर्ण सम्पत्ति खर्च भइसकेकोले अब तिनको उपचारको निम्ति सहयोगी मनहरू समक्ष परिवारपक्षले सहयोगको अपिल गरेको छ। स्मरण रहोस्, तिनको उपचारको निम्ति गेल निवासी निलम तामाङ अनि तिनका श्रीमान विशाल तामाङले यथाशक्ति सहयोग पुर्याउँदै आइरहेका थिए। जनसेवाको भवनामा स्थानीय केही व्यक्तित्वहरूलाई लिएर रोगीको उपचारको लागि खर्च जुटाउनको लागि एउटा समितिको गठन गरिएको छ, जसमा धनकुमार छेत्री सभापति अनि विशाल गोले सचिव लगायत अन्य 16 जना सामेल छन्। यस विषयमा विशाल गोले अनि बिरामीका पति पूरण शर्माले जानकारी दिँदै तिनीहरूले सबैसमक्ष आर्थिक सहयोगको लागि अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *