प्रेम, यौवन शोषण र धोका: विवाहको प्रलोभन देखाएर यौन शोषण गर्ने प्रेमी युवक पक्राउ

सिलगढी (निसं): सिलगढीको शिव मन्दिर निवासी एकजना 24 वर्षीय युवतीले महिला थाना पुलिसमा अभियोग दर्ता गरेपछि तिनको प्रेमीलाई पुलिसले पक्राउ गरेर आज तिनलाई अदालतमा पेश गऱ्यो। आरोपी प्रेमी युवकका नाम शुभम राय हो। तिनी सिलगढीको 20 नम्बर वार्ड निवासी बताइएको छ। सिलगढी मेट्रोपलिटनको महिला थाना पुलिसले युवतीलाई विवाहको प्रलोभन देखाएर तिनीसित यौन शोषण गरेको साथै यसपछि धम्की दिएको आरोपमा मामिला दर्ता गरेर आज आरोपी प्रेमीलाई सिलगढी अदालतमा पेश गरेको बताइएको छ। घटनाक्रम अनुसार वर्ष 2020-मा शिवमन्दिरका उक्त पिडित युवतीको एउटा रेस्टुरेन्टमा शुभम राय नामक एकजना युवकसित भेट भएको थियो। यसपछि तिनीहरू एकार्कासित भेटघाट गर्न थालेपछि अन्तमा प्रेममा परिणत भएको थियो। यसपछि गत दुई वर्षसम्म सबै कुरा ठीक-ठाकसित चल्दै आइरहेको थियो। तर हिज प्रेमिकाले आफ्नो प्रेमीले बेवफाई गरेको आरोप लगाउँदै तिनलाई विवाह गर्ने झुटो सपना देखाएर तिनीसित धेरैपल्ट शारीरिक सम्बन्ध बनाएकोबारे महिला थाना पुलिसमा लिखित अभियोग दर्ता गरेकी थिइन्। यसपछि नै महिला थानाले युवतीसित यौन शोषण गरेको आरोपमा प्रेमीलाई पक्राउ गरेर अदालतमा पेश गरेको बताइएको छ। महिला थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *