प्रेस क्लब अफ् खरसाङद्वारा शोक सभा

खरसाङ : पत्रकार किरण छेत्रीकी दिदी प्रमिला छेत्रीको आकस्मिक निधनमा प्रेस क्लब अफ् खरसाङद्वारा गहिरो शोक प्रकट गर्दै शोक सभा गरिएको छ। प्रेस क्लब अफ् खरसाङका सभापति तथा पत्रकार मुरारीलाल पञ्चमको अध्यक्षतामा सम्पन्न शोक सभामा पत्रकारहरूद्वारा पत्रकार किरण छेत्रीकी दिदीको आकस्मिक निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकित परिवारप्रति शोक समवेदना प्रकट गरेका छन्। यस शोकित घड़ीमा परिवारमा ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी मौन धारण गर्दै ईश्वरसित प्रार्थना गरिएको छ। उल्लेख्य छ – पत्रकार किरण छेत्रीकी दिदी प्रमिला छेत्रीको गत सोमबारको दिन आकस्मिक निधन भएकोले तिनको पार्थिव शरीरलाई आज अन्तिम संस्कार गरियो। तिनको अन्त्येष्टि कार्य आगामी 6 मार्च सोनादाको नाली चउरस्थित निजी वासस्थानमा हुने पारिवारिक सुत्रबाट थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *