प्राइमेरी स्कूल काउन्सिल अध्यक्षलाई ज्ञापन

सिलगढी : कुनै पनि स्कूलका शिक्षकले आफ्नो निजी ट्यूशन गर्न नपाउनु पर्ने माग गर्दै आज बतासी प्राइभेट टीचर्स एसोसिएशनले सिलगढ़ीमा विरोध प्रदर्शनी गऱ्यो। यसको साथै बुधबार एसोसिएशनको तर्फबाट सिलगढी प्राइमेरी स्कूल काउन्सिलका चेयरम्यानलाई एउटा ज्ञापन पत्र सुम्पिएको छ। संगठनका सदस्यहरूले प्राथमिक अनि उच्च विद्यालयका शिक्षकहरूले निजी ट्युशन पढाएको खण्डमा कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *