प्रिती राईलाई दार्जीलिङ पुलिसको तर्फबाट सम्वर्द्धना

खरसाङ : मुम्बई म्याराथनमा हालैमा प्रथम हुने खरसाङ दिलरामकी प्रिती राईलाई दार्जीलिङ पुलिसको तर्फबाट सम्वर्द्धना जनाइयो। दार्जीलिङ पुलिसको तर्फबाट खरसाङ पुलिस थानाको आईसी नेबेन्दु सरकारको अगुवाईमा खरसाङ महकुमा अन्तर्गत दिलरामको चटकपुरस्थित प्रिती राईको घरमै गएर तिनलाई सम्बर्द्धना जनाएको बताइएको छ ।


दार्जीलिङ पुलिस अधीक्षकको तर्फबाट खरसाङ थानाको आईसी नेबेन्दु सरकारले हिजो दिलरामको चटकपुरस्थित प्रिती राईको घरमै गएर प्रिती राई र तिनका परिवारका सदस्यहरूसित पनि भेटघाट गर्नको साथै दार्जीलिङ पुलिसको तर्फबाट प्रितीलाई सम्बर्द्धना जनाइयो । कार्यक्रमपछि खरसाङ थानाका आईसी नेबेन्दु सरकारले यसबारे जानकारी दिए। अर्कोतिर, दार्जीलिङ पुलिसबाट सम्बर्द्धना पाएपछि प्रिती राईले पत्रकारहरूसित बोल्दै दार्जीलिङ पुलिस आफ्नो घरमा नै आएर सम्मान गरेकोमा खुशी व्यक्त गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *