प्रियङ्का टिवरीबालले गरिन् भाजपा प्रार्थीहरूको समर्थनमा सिलगढीमा चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउका भाजपा उम्मेद्वारको समर्थनमा चुनाउ प्रचार गर्नको लागि प्रियङ्का टिवरीबाल आज सिलगढी आइपुगिन्। प्रियङ्का टिवरीबालले विधानसभा चुनाउमा भवानीपुरबाट मुख्यमन्त्री विरुद्ध भाजपाको टिकटमा चुनाउ लडेकी थिइन्। तिनले मानिसहरूबाट समर्थन पाए तापनि चुनाउमा पराजित भएकी थिइन्। यसपछि तिनी चर्चामा आएकी छन्। अब भाजपाले प्रियङ्का टिवरीबाललाई स्टार प्रचारकको रूपमा सिलगढी नगरनिगम चुनाउमा उतारेको छ। प्रियङ्का टिवरीबालले आज सिलगढी नगरनिगमको वार्ड नम्बर 3, 7, 8 र 9 –मा भाजपा उम्मेद्वारहरूको समर्थनमा चुनाउ प्रचार गरिन्। चुनाउ प्रचार अवधि प्रियङ्का टिवरीबालले राज्य सरकार तथा तृणमूल कङ्ग्रेसमाथि कटाक्ष कसे। सिलगढी नगरनिगम चुनाउमा भाजपाले पूर्ण बहुमतको साथमा बोर्ड गठन गर्ने तिनले दावी गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *