प्रो लीग इन्डिया पावरलिफ्टिङ च्याम्पियनशिपमा सिलगढीका निहारले जिते स्वर्ण पदक

सिलगढी : प्रो लीग इन्डिया पावरलिफ्टिङ च्यम्पियनशिपमा निहार रञ्जन घोषले स्वर्ण पदक जितेर सिलगढीको नाम उच्च पारेको छ। प्रत्येक वर्ष कर्णाटक सरकारद्वारा प्रो लीग इन्डिया पावरलिफ्टिङ च्याम्पियनशिपको आयोजना गर्ने गर्दछ। यस वर्ष पनि बेङ्गलोरको व्हाइटफिल्ड इन्डोर स्टेडियममा उक्त प्रतियोगिताको आयोजना गरियो।


पावरलिफ्टिङ च्याम्पियनशिपमा राष्ट्रिय स्तरमा 75 किलो ग्राम सीनियर वर्गमा 42 प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए भने सिलगढीका निहार रञ्जन घोषले स्वर्ण पदक हत्याउन सफल बनेका छन्। आज बेङ्गलोरबाट विमानमार्फत् बाघडुग्रा हवाई अड्डामा ओर्लिएपछि तिनलाई भव्य स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *