प्रपर्टी ट्याक्स नबुझाएपछि सिलगढी नगरनिगमले कार्वाही गर्दै जफत गर्यो सबै सम्पति

सिलगढी : ट्याक्स बकाया राख्नेहरूविरुद्ध नगरनिगमले कठोर कर्वाही शुरू गरेको छ। यसै अन्तर्गत आज बकाया ट्याक्स राख्ने एकजना व्यक्तिविरुद्ध नगरनिगरका अधिकारीले कार्वाही गर्दै तिनको सबै सम्पति जफत गरेको छ। तर पछि ट्याक्स जम्मा गरेपछि नगरनिगमका अधिकारीले जफत गरेको सम्पति रिलीज गरिदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 41 नम्बर वार्ड निवासी एकजना व्यक्तिले गत केही समयदेखि प्रपर्टी ट्याक्स जम्मा गरेका थिएनन्। उस व्यक्तिले नगरनिगमको ट्याक्स 3 लाखभन्दा अधिक जम्मा गर्नपर्थ्यो। नगरनिगमको तर्फबाट तिनलाई 5 पल्ट नोटिस पठाइसके तापनि तिनले ट्याक्स जम्मा गरेका थिएनन्। आज नगरनिगमको ट्याक्स विभागका अधिकारीहरूले उक्त व्यक्तिको घरमा गएर तिनको सबै सम्पति जफत गरेको थियो। यसपछि उक्त व्यक्तिले नगरनिगमको बकाया 3 लाख रुपियाँको ट्याक्स जम्मा गरेपछि जफत गरेको तिनको सबै सम्पति रिलीज गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *