पीएस गोलेको पिताको शव यात्रामा सामेल भए एसडीएफ अध्यक्ष पवन चामलिङ

गान्तोक : सिक्किमका मुख्यमन्त्री तथा एसकेएम नेता पीएस गोलेको पिता कालू सिंह गोलेको आज बौद्ध धर्म पराम्परा अनुसार अन्तिम संस्कार गरियो। यस अवसरमा राज्यका विभिन्न मन्त्रीगण, उच्च पदाधिकारीगण तथा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।


यसैगरी, दिवङ्गत कालूसिंह तामाङको अन्तिम यात्रामा पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङ पनि उपस्थित थिए। यसको साथै तिनी मुख्यमन्त्री गोलेको निवास सोरेङ सिङलिङमा पुगेर शोकित परिवारप्रति शोक समवेदना प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *