पीटी ओलाले गरे रेलिङ कैजले समष्टिमा चुनाउ प्रचार

बिजनबारी: गोजुममो बिमल खेमा दार्जिलिङ विधानसभा समष्टिका प्रार्थी पीटी ओलाले रेलिङ कैंजले समष्टिमा चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनीसित केन्द्रीय समिति उपाध्यक्ष आरपी वाईबा, केन्द्रीय समिति नारी मोर्चा कोषाध्यक्ष शशी डोमा भुटिया, केन्द्रीय समिति युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, योवन गुरुङ लगायत समष्टिका प्रतिनिधिहरू उपस्थित थिए। बिहानैदेखि चुनाउ प्रचारमा निस्केका टोलीले गत वर्ष प्राकृतिक प्रकोपमा परेका पहिरोग्रस्त अरुबोटेको भ्रमण गरी रेलिङ कैंजले समष्टिको रेलिङ बिहिबारे, गुम्बाटार, लङ्गुरदाङ हुँदै अप्पर रेलिङ शेर्पा गाउँ पुगे। उक्त टोलीले 2017-मा गोर्खाल्यण्ड अन्दोलनमा शहीद भएका अप्पर रेलिङ गुरुङ गाउँ निवासी महेश गुरुङको परिवारसित भेटघाट गरे। यसपछि लोअर रेलिङ अनि कैंजलेसम्म पुगेर चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि पीटी ओलाले गाउँलेहरूसित कुराकानी गर्नको साथै आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे। भोलि उक्त टोलीले रिम्बिक लोधोमा समष्टिमा चुनाउ प्रचार गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *