पुबोङ चियाबारीको बाँसधुरामा कोरोना भ्याक्सिन शिविरको आयोजना

तकदाह : रङ्गली-रङ्गलियट तकदाह ब्लक अन्तर्गत पर्ने पुबोङ रामपुरिया ग्राम पञ्चायतको वार्ड नम्बर 5 पुबोङ चियाबारीको बाँसधुरामा कोरोना भ्याक्सिन शिविरको आयोजना गरियो। उक्त शिविरमा क्षेत्रका धेरैजना मानिसहरूले कोरोना भ्याक्सिनको पहिलो र दोस्रो खोप लगाए। विशेष गरेर दिव्याङ्ग, वृद्ध-वृद्धाहरू लगायत छोडिएका मानिसहरूले उक्त शिविरको लाभ उठाए। आयोजक कमिटीको तर्फबाट रङ्गली-रङ्गलियट ब्लकका बीडीओ, स्वास्थ्य अधिकारी डा. सुमन बसाक, हेल्थ पीएचएन रचना छेत्री, सुपरभाइजर डोमा तामाङ सहित कर्मचारीहरूलाई सहयोग पुर्‍याएकोमा आभार व्यक्त गरेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समिति युवा शक्तिका सहसचिव अतित गुरूङ खरसाङ महकुमा युवा शक्ति सांगठनिक सचिव ललित राई र फ्रेण्डसिप स्वनिर्भर दलको कन्भेनर भावना राई, सोनिका दर्जी, जीना गुरूङ, मानव कल्याण संगठनका आरके गुरूङ, खगेन गुरूङ, मित्र गुरुङ आदिको सहयोगमा उक्त कोरोना भ्याक्सिन क्याम्पको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *