पुजा अघि आगलागीमा दुईवटा दोकान जलेर खरानी

अलिपुरद्वार: फालाकाटा ब्लकको धुलागाउँ बजार इलाकाको दुईवटा दोकानमा आगलागीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति धुलागाउँ बजार इलाकाको एउटा रासन दोकान  र एउटा लुगा दोकानमा आगो लागेको खबर पाएर फालाकाटा दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। तथापि, आगलागीमा दुईवटा दोकान जलेर खरानी भएको बताइएको छ। के कारणले गर्दा उक्त आगलागी भएको भन्ने बारे थाहा लागेको छैन। पुजाको मुखैमा दोकानमा आगो लागेपछि व्यवसायीहरूले निक्कै नोक्सानको सामना गर्न परेको छ। दोकान मालिक रञ्जीत मित्रले बताएअनुसार गत राति दोकान बन्द गरेर घर गएको थिए। आज बिहानै स्थानीय मानिसहरूले दोकानमा आगो लागेको खबर दिएपछि घटनास्थलमा आइपुगेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *