पुजा अवधि लगभग 150 भन्दा अधिक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको विभिन्न थानाले दुर्गा पुजा अवधि लगभग 150 भन्दा अधिक मानिसहरूलाई पक्राउ गरेको छ। मातेको अवस्थामा कुटपीट गरेको, जुवाको अड्डा र उत्साहको माहौललाई खराब गर्ने प्रयास गरेको आरोपमा पुलिसले लगभग 150 भन्दा अधिकलाई पक्राउ गरेको बताइएको छ।  पुलिस विभागले दिएको जानकारी अनुसार चार दिनको अवधिमा प्रधान नगर थानाले लगभग 20, मतिगढा थाना 40, भक्ति नगर थाना र आशीघर आउटपोस्ट 20एनजेपी थाना लगायत आमबाड़ी र मिलनपल्ली आउटपोस्ट 40 अनि सिलगढी थाना लगायत खालपाड़ा र पानीट्याङ्की आउटपोस्ट पुलिसले 30 जना मानिसहरूलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *