मालबजारमा पुजा विसर्जन गर्न जाँदा 8 जनाको मृत्यु, मुख्यमन्त्रीद्वारा आर्थिक सहयोगको घोषणा

मालबजार : पुजा विसर्जन गर्न जाँदा मालबजारमा 8 जनाको मृत्यु भएको छ भने अन्य धेरैजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत राति पुजा विसर्जन गर्न जाँदा अचानक नदीको जल स्तर बढ्दा धेरैजनालाई नदीले बगाएर लग्यो। तीमध्ये केही मानिसहरूलाई उद्धार गरे तापनि आज बिहानसम्म मोठ 8 जनाको मृत्यु भइसकेको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर मालबजार अस्पतालमा भर्ना गरिएको छ। माल नदीमा पुजा विसर्जनको लागि एउटा अस्थायी बाँध निर्माण गरिएको थियो। तर पहाडमा पानी परेकोले गर्दा नदीको जल स्तर बढिरहेको थियो। पुजा विसर्जन गर्न आएका मानिसहरूले अँध्यारोमा नदीको जल स्तर बढेको थाहा नपाएपछि धेरैजना मानिसलाई नदीले बगाएर लग्यो। घटनाको खबर पाएर एनडीआरएफ टोलीले उद्धार कार्य शुरू गरे। यसपछि आज बिहानैदेखि फेरि उद्धार कार्य शुरू गर्यो। अर्कोतिर, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले  मृतक परिवारका सदस्यहरूलाई 2 लाख रुपियाँ र घाइतेहरूलाई 50 हजार रुपियाँ आर्थिक सहयोग दिइने घोषणा गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटको माध्यमद्वारा शोक प्रकट गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *