पुजा विसर्जन गर्न जाँदा फुलबारी ब्यारेजमा डुबेका व्यक्तिको 3 दिनपछि शव उद्धार

राजगञ्ज : विश्वकर्माको प्रतिमा विसर्जन गर्न गएका सिलगढीका चुनचुन साहनी फुलबारी ब्यारेजमा डुबेर निखोज भएको 3 दिनपछि आज तिनको शव उद्धार भएको छ। आज बिहान फुलबारी महानन्दा क्यानलमा तिनको शव तैरिरहेको थियो। स्मरण रहोस्, गत आइतबार विश्वकर्मा भगवानको प्रतिमा विसर्जन गर्न गएका 18 नम्बर वार्डको बाग्राकोर्ट निवासी चुनचुन साहनी फुलबारी ब्यारेजमा डुबेर निखोज भएका थिए। यसपछि डिजास्टर म्यानेजमेन्ट र फाँसीदेवा थाना पुलिसले लगातार तिनको खोजी अभियान चलाइरहेको थियो। आज बिहान फुलबारी महानन्दा क्यानलमा तिनको शव तैरिरहेको थियो। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस र परिवारका सदस्यहरू घटनास्थलमा पुगे। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *