पुजा कार्निभललाई लिएर प्रशासनिक अधिकारीहरूसित बैठक गरे मेयर गौतम देवले

सिलगढी : आगामी 7 अक्टोबरमा कोलकातामा झैँ यता सिलगढीमा पनि दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएको छ। उक्त कार्निभललाई सुन्दर तथा शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्न सिलगढी नगरनिगम तत्पर रहेको छ। सिलगढी नगरनिगमको कन्फरेन्स हलमा आज दार्जिलिङ जिल्लाशासक, सिलगढी पुलिस कमिश्नर, डेपुटी मेयर तथा मेयर परिषद लगायत उच्च पदस्थ अधिकारीहरूसित कार्निभललाई लिएर मेयर गौतम देवले एउटा बैठक गरे। यस अवसरमा मेयरले भने, कार्निभल शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्ने उद्देश्य लिएर आज प्रशासनिक अधिकारीहरूसित एउटा बैठक गरिएको हो। सिलगढीको महात्मा गाँधी चौकमा उक्त कार्निभलको आयोजना गरिनेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.