पुजा कमिटीहरूलाई 60 हजार रुपियाँ दिने मुख्यमन्त्रीले गरिन् घोषणा

राजगञ्ज : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस वर्ष दुर्गा पुजा कमिटीहरूलाई 60 हजार रुपियाँ दिने घोषणा गरेकी छन्। मुख्यमन्त्री ममताले आज कोलकाताको नेताजी इन्डोर स्टेडियममा दुर्गा पुजालाई लिएर प्रशासनिक तथा समन्वय बैठक गरिन्। उक्त बैठकमा तिनले प्रत्येक दुर्गा पुजा कमिटीहरूलाई 60 हजार रुपियाँ दिइने घोषणा गरिन्। गत वर्ष पुजा कमिटीहरूलाई 50 हजार रुपियाँ दिइएको थियो भने यस वर्ष 10 हजार रुपियाँ बढाएर 60 हजार रुपियाँ दिइने घोषणा गरिन्। यसबाहेक बिजुलीमा पनि 60 प्रतिशत छुट दिने घोषणा गरेकी छन्। आज फुलबारीको पूर्व धनतलामा मुख्यमन्त्रीको भर्चुअल बैठकमा पुलिस, ब्लक प्रशासन, फुलबारी 1, फुलबारी 2, डाबग्राम 1, डाबग्राम 2 र बिन्नागढी अञ्चलका लगभग 170 वटा क्लबका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *