पुजामा चढाइएको फुल तथा बेलपत्ताहरू संग्रह गरेर मल तयार गरिने

सिलगढी : सिलगढी नगरनिगमले आजदेखि नयाँ पहल शुरू गरेको छ। नगरनिगमले पुजामा उपयोग गरिएको फल-फुल तथा बेलपत्ता संग्रह गरेर विशेष प्रक्रियाको माध्यमद्वारा त्यसलाई मल उत्पादनको काममा प्रयोग गर्ने भएको छ। नगरनिगमले आज बिहान सिलगढीको 15 नम्बर वार्डबाट पहिलोपल्ट पुजामा उपयोग गरिएको फल-फुल तथा बेलपत्ता संग्रह गर्ने कार्य शुरू गर्यो। उक्त कार्यको लागि नगरनिगमले तर्फबाट एउटा वाहनको व्यवस्था गरिएको छ। मेयर गौतम देवले उक्त कार्यको उद्घाटन गरे। यस अवसरमा नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, डेपुटी मेयर तथा 15 नम्बर वार्डका काउन्सिलर रञ्जन सरकार उपस्थित थिए। आज पहिलोपल्ट सिलगढीको 15 नम्बर वार्डबाट उक्त कार्यको शुरूआत गरियो भने आगामी दिनमा सिलगढीका सबै वार्डहरूमा उक्त परिसेवा लागू गरिने बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.