पुजापछि महानन्दा घाटको सौन्दर्यीकरणको कार्य समाप्त हुने : अशोक भट्टाचार्य

सिलगढी : सिलगढी नगरनिगमले कोलकाताको मिलेनियम पार्कको शैलीमा सिलगढीको महानन्दा नदी घाटको सौन्दर्यीकरण कार्य शुरू गरेको छ। यसको कार्य लगभग 80 प्रतिशत शेष भइसकेको छ। सिलगढी नगरनिगमको पुजा अघि नै नयाँ महानन्दा घाट पुजाको उपहार स्वरूप सहरवासीलाई प्रदान गर्ने योजना रहे तापनि केही नयाँ कार्यहरू समावेश गरेपछि सो पुजा अघि समाप्त नहुने बताइएको छ। तथापि, पुजापछि सिलगढीको महानन्दा नदी घाटको सौन्दर्यीकरण कार्य शेष गरिने सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले बताए। प्रशासक भट्टाचार्यले आज फेरि उक्त सौन्दर्यीकरण कार्यको निरीक्षण गरे। निरीक्षणपछि सौन्दर्यीकरणको कार्य युद्धस्तरमा चलिरहेको बताउँदै तिनले छठ घाट लगायत केही अन्य कार्यहरू समावेश गरिएकोले दुर्गा पुजापछि सौन्दर्यीकरणको कार्य समाप्त हुने बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *