पुजापछि नयाँ बस स्ट्यान्ड शुरू गरिनेछ: मेयर गौतम देव

सिलगढी (निसं): पुजापछि सिलगढी सहरमा नयाँ बस स्ट्यान्ड शुरू गरिने सिलगढीका मेयर गौतम देवले जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार सिलगढी सहरमा जामको समस्या नियन्त्रित गर्नको लागि केही महिना अघि तीनबत्ती मोड संलग्न एनबीएसटीसी-को खाली ठाउँमा नयाँ बस स्ट्यान्ड निर्माणको कार्य शुरू गरिएको थियो। निजी बसहरू उक्त नयाँ बस स्ट्यान्डबाट चलाचल निर्णय लिएको छ। यो बस स्ट्यान्ड पुजाअघि खोल्ने योजना रहे तापनि जमिनी समस्याको कारण केही असुविधाहरू भइरहेको छ। यसको प्रवेश द्वार नजिकको जमिनलाई लिएर राज्य सरकार र रेलवे विभागले कोर्टको दरवाजा खटखटाएको छ। कानुनी झमेलाले गर्दा उक्त बस स्ट्यान्डको काम हाल रोकिएको छ। यस सम्बन्धमा मेयरले भने, यदि प्रवेश द्वार नजिकको जमिन राज्य सरकारको भए पुजापछि उक्त बस स्ट्यान्ड शुरू गरिनेछ। यदि त्यो रेलवेको जमिन भएको खण्डमा रेलवेलाई प्रवेश द्वार छोडिदिने अनुरोध गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *