पुजा पण्डालबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार

अलिपुरद्वार : दुर्गा पुजाको पण्डालबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटनाले फालाकाटा ब्लकको जटेश्वर अलिनगर इलाकामा सनसनी मच्चियो। मृतक युवक राजु दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसा आज बिहान फालाकाटा ब्लकको जटेश्वर अलिनगर इलाकाको एउटा पुजा पण्डालमा स्थानीय मानिसहरूले झुन्डिरहेको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *