पुजे डाँड़ालाई ईको-टुरिजमको मान्यता, साइटको विधिवत शिलान्यास

कालेबुङ: कालेबुङको एउटा प्रमुख पर्यटन स्थल पुजे डाँड़ा क्षेत्रका मानिसहरूको दीर्घ दिनदेखिको सपना अब पूरा भएको छ। प्राप्त जानकारी अनुसार वन विभागले हालै पुजे डाँड़ालाई इको-टुरिजम साइटको मान्यता प्रदान गरेको छ। विभागले पुजे डाँड़ा पर्यटन क्षेत्रलाई इको-टुरिजम साइटको रूपमा विकसित गर्ने पहललाई हरियो झण्डा देखाए पछि आज पुजे डाँड़ामा उक्त ईको-टुरिजम साइटको विधिवत शिलान्यास गरियो। वन विभागका रेञ्ज अफिसर गोविन्द लकान्द्री अनि बिट अफिसर सोनाम छिरिङ लेप्चाको विशेष उपस्थितिमा उक्त साइटको आज वैदिक परम्परा अनुसार शिलान्यास गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *