पुलबाट झरेर नदीमा डुबेपछि युवक निखोज

अलिपुरद्वार : अलिपुरद्वारको चेको पुलमाथि बसेर साथीहरूसँग कुराकानी गरिरहेको समय अचानक मृर्गी रोग लागेपछि एकजना युवक पुलबाट नदीमा झरेर डुबेपछि हालसम्म निखोज भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान 11 बजीतिर विपुल राय नाम गरेको युवक चेको पुलमा बसेर केही साथीहरूसित कुराकानी गरिरहेको समय अचानक मृर्गी रोग लाग्दा पुलबाट नदीमा झरे।


त्यसपछि तिनका साथीहरूले नदीमा पसेर विपुलको खोजी गरे तापनि कुनै पत्तो लागेन। अर्कोतिर, घटनाबारे जानकारी दिएपछि प्राकृतिक अपादा विभागका कर्मीहरू घटनास्थलमा पुगेर विपुलको खोजी अभियान शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *