पुलबजार खण्डलाई महकुमाको दर्जा दिनुपर्छ: एलएम लामा

बिजनबारी: भाजपा जिल्ला उपाध्यक्ष एलएम लामाले दार्जिलिङको पुलबजार खण्डलाई महकुमाको दर्जा दिनुपर्छ भन्ने माग पुन: दोहोऱ्याएका छन्। तिनले एउटा भिडियो जारी गर्दै यो भन्दा अघि पनि विभिन्न पार्टी अनि संघ-संस्थानहरुलाई लिएर महकुमाको माग उठाउँदै सरकार समक्ष ज्ञापन पत्र चढाए तापनि आजसम्म यसको कुनै सुनवाइ नभएपछि भाजपाको पक्षबाट फेरि सरकार समक्ष माग दोहोऱ्याएको कुरा बताइएको छ। जन साधारणको हितमा सम्पूर्ण राजनैतिक दल लगायत पहाड़का भाजपा विधायकहरूले पनि उक्त माग सरकार समक्ष राखिदिने तिनले अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *