पुल-बिजनबारी क्षेत्रमा बदेलको रगरगी, फसलहरू नष्ट

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ मजुवा ग्राम पञ्चायतको वार्ड नम्बर दुईको थापा गाउँ बतासे लगायतको ठाउँहरूका कृषकहरू हाल बदेलको आतङ्कले संकटमा परेका छन्। मुख्य रूपमा कृषकहरूले आफ्नो खेतीमा लगाएको मकै बदेलले खाइदिएपछि गाउँवासीहरू ठुलो मर्कामा परेका छन् भने  बदेलबाट आफ्नो खेतीलाई बचाउन तिनीहरू रातभरि अनिदो बस्न बाध्य बनेका छन्। प्राकृतिक प्रकोपलाई बचाएर बडो कष्टको साथमा फल लाग्ने योग्य बनायौ तर उत्पादन खाने समयमा बदेलले सबै नष्ट गरिदिएको स्थानीय किसान ज्ञान बहादुर थापा बताउँछन्। सम्बन्धित निकासलई यसबारे कुनै पहल गरिदिने अनुरोध गरे तापनि हालसम्म कुनै पहल नगरेको गाउँलेहरूले गुनासो पोखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *