पुल बिजनबारी गोक समष्टिका नारी मोर्चाका प्रतिनिधिहरूलाई लिएर चुनावी सभा

बिजनबारी: आगामी विधानसभा चुनाउलाई मध्यनजर राख्दै पार्टीलाई थप सुदृढीकरण गर्ने उदेश्यले गोर्खा जनमुक्ति नारी मोर्चा (विनय खेमा) केन्द्रिय समितिको निर्देशन तथा पुल बिजनबारी गोक समष्टिको मुख्य आयोजनामा समष्टिभरिका नारी मोर्चाका प्रतिनिधिहरुलाई लिएर आज बिजनबारी सार्वजनिक भवनमा एउटा साङ्गठनिक सभाको आयोजना गरियो।


सभामा दार्जिलिङ महकुमा समिति सभानेत्री उर्मिला सिह, सचिव पासाङ अग्रवाल, महकुमा समिति सदस्य पुष्प लामा लगायत अन्यको विशेष उपस्थिति थियो। सभामा नारी मोर्चाले विधानसभा चुनाउमा आफ्नो प्रार्थीलाई जिताउनको लागि सक्दो कोशिश गर्ने तथा विनय तामाङ तथा अनित थापाको हातलाई मजबुत बनाउन जमिनी स्तरमा लाग्ने सभामा वक्ताहरुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *