पुल बिजनबारी गोक समष्टिबाट 15 घर गोरामुमो गोजमुमो-मा सामेल

बिजनबारी : पुल बिजनबारी गोक समष्टि अधीनस्थ सुन्तले बस्तीमा आयोजित एउटा सांगठनिक कार्यक्रमबीच गोरामुमो-को वरिष्ठ कार्यकर्ता देवीलाल शर्मा लगायत सुन्तले बस्तीका 15 गोरामुमो घर परिवार आज गोजमुमो विनय खेमामा सामेल भएका छन्। समष्टि सभापति एसएम राईले ती सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। सभालाई समष्टि सचिव दिपक तामङ, युवा मोर्चा उपसभापति केबु तामङ, सह सचिव गंगा प्रधान आदिले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *