पुल बिजनबारी गोक समष्टिको नयाँ बस्तीमा बिमलखेमाको सभा

बिजनबारी : पुल बिजनबारी गोक समष्टि अन्तर्गत पर्ने नयाँ नोर 2 ग्राम पञ्चायतको नयाँ बस्तीमा विमलपन्थी गोजमुमोको सांगठानिक सभा अर्जुन पन्तको अध्यक्षतामा सम्पन्न भयो। सभालाई डम्बर सुब्बा, योगेन्द्र राई, पुरण छेत्री, राजु राई, बुद्धमाया सुब्बा, मन्डल राई अनि जितेन तामाङले सम्बोधन गरेका थिए भने समष्टि नारी मोर्चा संयोजिका नीना शर्मा, संयोजिका कविता सुब्बा अरूण दुराले, राजकुमार लामा, नरप्रशाद थापा लगायत समर्थकहरू उपस्थित थिए। सभामा नयाँ बस्ती, सुन्तला र आनन्देनबाट अनिल सुब्बा, बुद्ध तामाङ, अर्जुन पन्त, समीर गुरुङ, नरेश छेत्री अनि सञ्जय सुब्बालाई संयोजक चयन गरियो। यसै अवसरमा समष्टि संयोजक विनय सुब्बाले नव गठित संयोजकहरूलाई शुभकामना दिँदै सांगठानिक शक्तिलाई अझ बलियो बनाएर  लैजाने अनि अध्यक्ष बिमल गुरुङको हात बलियो बनाउनु पर्ने सुझाउ दिए। आजको सभामा गोजमुमो अध्यक्ष बिमल गुरूङको भव्य स्वागत जनाउनेबारे चर्चा परिचर्चा गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *