पुल बिजनबारी गोक समष्टिबाट गोरामुमो छोडेर 25 परिवार गोजमुमो-मा सामेल

बिजनबारी : पुल बिजनबारी गोक समष्टि अन्तर्गत 23/54 बुथ कमिटीको आयोजनमा समष्टि सभापति एसएमको प्रमुख अतिथ्य तथा सोम बहादुर भुजेलको सभापतित्वमा सम्पन्न सभामा गोरामुमो पार्टी त्यागेर 25 घर परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। गोजमुमो-मा सामेल हुने 25 घर परिवारलाई समष्टि सभापतिले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। विनित कोइरालाद्वारा सञ्चालित सभालाई समष्टि सभापति एसएम राई, सहसचिव गङ्गा प्रधान, राजेश सुब्बा, महकुमा सदस्य वाईवीर सुब्बा, उपसभापति हर्कराज राई, सचिव दिपक तामङ आदिले आ-आफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *