पुलबजार बिजनबारी ग्राम पञ्चायतमा भागोप्रमो-को बोर्ड गठन, प्रधान पद्मा सुब्बा अनि उप-प्रधान युवराज सुब्बा छनौट

पुलबजार (निसं): दार्जिलिङको पुलबजार बिजनबारी ग्राम पञ्चायतमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै अन्तमा बोर्ड गठन गरेको छ। भाजपाको टिकटमा चुनाउ जितेर भर्खरै मात्र भागोप्रमो-मा सामेल भएकी पद्मा सुब्बालाई प्रधान पद अनि स्वतन्त्र प्रार्थीका रूपमा विजयी बनेपछि भागोप्रमो-मा सामेल हुने युवराज सुब्बालाई उप-प्रधानको पद दिएको छ। चुनाउको नतिजा पछि निक्कै उतार-चढाव देखिएको पुलबजार बिजनबारी ग्राम पञ्चायत आसनमा पनि अन्ततः भागोप्रमोले नै बोर्ड गठन गर्ने सक्षम बनेको छ। प्रधान पद्मा सुब्बा अनि उप-प्रधान युवराज सुब्बालाई क्षेत्रीय सभासद भुपेन्द्र छेत्री लगायत भागोप्रमो-का स्थानीय नेतृत्वहरुले खदामाला लगाइ दिएर तिनीहरूलाई जिम्मेवारी सुम्पिका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *