पूल बिजनबारीको कञ्चन वेलफेयर सोसाइटीका प्रतिनिधिहरू भाजपा-मा सामेल

बिजनबारी (निसं): पूल बिजनबारी अन्तर्गत कञ्चन वेलफेयर सोसाइटीका प्रतिनिधिहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। आज सोसाइटीका अध्यक्ष‌ अम्बर थापा अनि सचिव आदर्श थापाको नेतृत्वमा रहेको समाजका सदस्यहरू पूल बिजनबारी अन्तर्गत गोक-2 ग्राम पञ्चायत मण्डल मूल सचिव रविन सुब्बाको विशेष उपस्थितिमा भाजपामा सामेल भएका छन्। कञ्चन वेलफेयर सोसाइटीका प्रतिनिधिहरूले भाजपा पार्टीमाथि विश्वास, आस्था, भरोसा राख्दै गोर्खा जातिको भरोसा सांसद राजु विष्टलाई विश्वास गरेर भाजपामा सामेल भएको बताए। कञ्चन वेलफेयर सोसाइटीका सम्पूर्ण प्रतिनिधिहरु नै भाजपामा समावेश भएको तिनीहरूले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *