पुल बिजनबारी समष्टिबाट 35 परिवार गोरामुमो-मा सामेल

बिजनबारी: गोरामुमो पुल बिजनबारी समष्टि अन्तर्गत गोक ग्राम कमजेर शाखा वार्ड नम्बर 6-मा डम्बर बिष्टको अध्यक्षतामा गोरामुमोको साङ्गठनिक सभा बस्यो। उक्त सभामा विभिन्न राजनैतिक दल त्यागेर मोठ 35 परिवार गोरामुमोमा सामेल भए। पार्टीमा सामेल हुने नयाँ सदस्यहरुलाई समष्टि अध्यक्ष गाइस सुब्बाले खदा लगाइदिएर स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। गोरामुमोले हाल गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति के-कस्तो भूमिका निभाइरहेका छन् भन्ने विषयमा जानकारी गराउँदै गाइस सुब्बाले भने, गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिलाई न्याय दिलाउन हामी लागी परेका छौं। पार्टी अध्यक्ष मन घिसिङले कुनै प्रकारको सम्झौता नगरी इमान्दारीपूर्वक लागी परेका छन्, यसकारण तपाईंहरु सुर्ताउनु हुँदैन। तपाईंहरु हरियो झण्डाप्रति आस्था राखेर आउनु भएको छ यसको हामी सम्मान गर्दै तपाईं हामी सबै एक भएर जाति र माटोको उन्मुक्तिको निम्ति लागी पर्नुपर्छ भनि गाइस सुब्बाले बताए। तिनले अझ भने, पहाडलाई लथालिङ्ग बनाएर जीटीए जस्तो अंसवैधानिक ब्यवस्था माथि रमाउनेहरुले तपाईं हाम्रो भाग्य बिगार्ने कार्य गर्नेहरुलाई गोर्खा जातिले माफ गर्ने छैन । यसलाई सपार्नको निम्ति अध्यक्ष मन घिसिङ लागी परेका छन्। तिनको हात बलियो बनाउनको निम्ति तपाईं हामी सबै एक हुनपर्छ। सभामा समष्टि अध्यक्ष गाइस सुब्बा, सचिव जीवन प्रधान, सदस्य असविन सुब्बा, समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्री लगायत पार्टीका कार्यकर्ताहरू उपस्थित रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *