‘पुल देऊ, भोट लैजाऊ’ भन्ने माग गर्दै रायगञ्जमा गाउँलेहरूद्वारा भोट बहिष्कार

हेमताबाद: रायगञ्ज शहर संलग्न ग्राम खलसी इलाकामा नदी पार गर्नको लागि पुलको साधन छैन। सम्बन्धित विभिन्न ठाउँहरूमा पुल निर्माण गरिदिने मागलाई लिएर जानकारी दिए तापनि कुनै फाइदा नभएपछि अन्तमा हेमताबाद विधान सभाको शेरपुर लाइनपाड़ाको बूथ नम्बर 129/129 ए,1098 का मतदाताहरूले चुनाउ बहिष्कार गर्ने निर्णय लिएको छ। रायगञ्ज शहर संलग्न ग्राम खलसी इलाका नजिक कुलिक नदी रहेको छ। यो कुलिक नदीले खलसी, महेन्दीग्राम, शेरपुर, दक्षिण शेरपुर, खोकसा लगायत अन्य केही गाउँहरूलाई अलग गरेको छ। यस नदी पार गर्नको लागि मानिहरूले अस्थायी बाँसको पुलको सहायतामा यातायात गर्ने गर्छन् तर वर्षाको मौसममा नदीको जलस्तर बढ़ने भएकोले ईलाकाका मानिसहरू धेरै लामो दुरी तय गरेर रायगञ्ज शहर जान वाध्य छन्। भोटको समयमा मात्र विभिन्न राजनीतिक पार्टीका नेताहरूले पुल निर्माण गरिदिने आश्वासन दिइने गर्छन्। गाउँलेहरूले लगाएको आरोप अनुसार भोट सकिएपछि पुल निमार्ण गर्नको लागि कसैले पनि हालसम्म पहल गरेनन्। यसैले गर्दा गाउँलेहरूले यस पल्टको विधानसभाको मतदान बहिष्कार गर्ने निर्णय लिएको हो। तिनीहरूको माग ‘पुल देऊ, भोट लैजाऊ’ भन्ने रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *