पुलको रेलिङ भत्काउँदै पुलमै पल्टियो ट्रक, भाग्यले बाँचे ट्रक चालक र खलासी

राजगञ्ज : एउटा खाली ट्रक अनियन्त्रित भएर पुलको रेलिङ भत्काउँदै पुलमै पल्टिँदा चालक र खलासी भाग्यले बाँचे। उक्त घटना आज बिहान साहुडाङ्गी नवापाडा ट्राफिक पोइन्ट नजिक क्यानल ब्रिजमा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गजलडोबा फुलबारी क्यानल रोडको नवापाडा चौरस्ता मोडमा मेट्रोपोलिटन पुलिसको ट्राफिक बुथ रहेको छ। आज एउटा खाली ट्रक गन्डारमोडबाट साहुडाङ्गीतर्फ गइरहेको समय चौरस्ता मोड पार गर्ने क्रममा आमबारीतर्फबाट आइरहेको ट्रकले पछिल्तिरबाट धक्का दिँदा उक्त ट्रक अनियन्त्रित भएर पुलको रेलिङ भत्काउँदै पुलमाथि पल्टेको बताइएको छ। घटनाको खबर पाएर आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर दुवैवटा ट्रक आफ्नो नियन्त्रणमा लिएर जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *