पुलमुनि झर्‍यो वाहन

दार्जिलिङ : दार्जिलिङ जिल्लाको रङ्गबुल नजिक पक्का पुलमा आज बिहान 3 बजी WB 06E5073 नम्बर भएको एउटा वाहन सडकबाट लगभग 100 फुट तल झरेर दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार सिलगढीबाट चारजना मानिसहरू वाहनमा सवार भएर दार्जिलिङको टाइगर हिलमा नयाँ वर्ष मनाउन गइरहेको समय रङ्गबुल नजिक उक्त वाहन पक्का पुलबाट तल झरेर दुर्घटनाग्रस्त भए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। घटनाको खबर पाएर जोरबाङ्गलो थाना प्रभारी मिङ्गमा लेप्चा, एसआई रञ्जन दलाई र गोजमुमो केन्द्रीय सदस्य राजेश चौहान घटनास्थलमा पुगेर यात्रीहरूलाई  उद्धार गरेर अस्पालमा लगेको समाचार प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *