पुनर्वास तथा रोजगारको मागमा उत्तरकन्या अभियान, कमिटीले चढायो ज्ञापन

सिलगढी : पुनर्वास तथा रोजगारको मागमा कावाखाली-पोडाझाड भूमि रक्षा कमिटी औ तिस्ता महानन्दा प्रकल्प भूमि रक्षा कमिटीको तर्फबाट उत्तरकन्या अभियान चलाइयो। आज एउटा विराट र्‍यालीको माध्यमद्वारा विक्षोभकारीहरू उत्तरकन्यातर्फ प्रस्थान गरे। उक्त अभियानमा विभिन्न वाम संगठन लगायत अन्य राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरू सामेल थिए। उक्त र्‍याली कावाखालीबाट शुरू गरेर तीनबत्ती मोडमा पुगेपछि पुलिसले र्‍याली रोकिदिँदा विक्षोभकारीहरूको पुलिससित वाद-विवाद हुनको साथै हातापाई समेत भएको बताइएको छ। विशाल पुलिस वाहिनीले परिस्थिति नियन्त्रणमा ल्याउनको साथै  7 जनाको एउटा प्रतिनिधि टोलीलाई उत्तरकन्यामा ज्ञापन पत्र चढाउने अनुमति दिइयो। स्मरण रहोस्, कावाखाली पोडाझाड इलाकाको 302 एकर जमिन एवम् टिस्टा महानन्दा परियोजनाको लागि राज्य सरकारले 381 ऐकर जमिन अधिग्रहण गरेको थियो। जमिन अधिग्रहणको समय जमिनदाताहरूलाई विविध वाचाहरू गरे तापनि राज्य सरकारले हालसम्म जमिनदाताहरूको लागि पुनर्वास तथा रोजगार भने दिएको छैन। यसैले गर्दा आज बाध्य भएर जमिनदाताहरूले आन्दोलन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *