पुन्डीबारी थाना क्षेत्रमा बाइसनको हमलामा महिला घाइते

कुचबिहार (निसं): कुचबिहार जिल्लाको पुन्डीबारी थाना अन्तर्गत दक्षिण कालारायको कुठी इलाकामा बाइसनको हमलामा एउटी महिला घाइते भएकी छन्। घाइते महिलालाई उद्धार गरेर पुन्डीबारी ब्लक प्राथमिक स्वास्थ्य केन्द्र लगेपछि त्यहाँबाट कुचबिहार रेफर गरिदिएको छ। अर्कोतिर, इलाकामा बाइसनले हमला गरेको सूचना पाउनसाथ वन विभागका कर्मचारी तथा पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुगेर ट्र्याङकुलाइजरको सहयोगमा उक्त बाइसनलाई नियन्त्रणमा लिएको छ। यसपछि बाइसनको प्राथमिक उपचार गरेर जङ्गलमा छोडिदिने वन विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *