खरसाङ : गोरामुमो तीनधारे सुकुना समष्टि अन्तर्गत पुण्डिङ खैरेनी फरेस्ट बस्तीमा जीएनडब्ल्युओ-को एउटा सभा समष्टि अध्यक्ष शीला प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा साङ्गठनिक गतिविधिबारे चर्चा – परिचर्चा गरेपछि पुण्डीङ खैरेनी फरेस्ट बस्तीमा जीएनडब्ल्युओ शाखा समिति सर्वसहमतिद्वारा चयन गरियो। उक्त शाखा समितिमा सभापति गिता तामाङ, उप सभापति रेखा राणा, सचिव संगीता प्रधान राई, सहसचिव लक्ष्मी प्रधान, कोषाध्यक्ष सुशीला राई, सल्लाहकार ईन्द्रमाया छेत्री, लीला छेत्री लगायत 17 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ। सभालाई खरसाङ ब्राञ्च कमिटीको जीएनडब्ल्युओ सचिव कमला राईले आफ्नो सम्बोधनमा नयाँ गठित कार्यकारी समितिलाई बधाई अनि शुभकामना दिइन्। आजको सभामा जीएनडब्ल्युओ केन्द्रीय समितिका उपाध्यक्ष पेमु छेत्री, पंखाबारी गिद्ध पहाड समष्टि सचिव सुबोध पाखरिङ, जीएनवाईएफ समष्टि कार्यकारी अध्यक्ष अमित प्रधान, शाखा सभापति अनुप राई आदिको उपस्थिति रहेको थियो।
पुण्डिङ खैरेनी फरेस्ट बस्तीमा जीएनडब्ल्युओ-को सभा

Share this story
More from Political News
भाजपाले 12 सूत्री मागको समर्थनमा नक्सलबारी ब्लक स्वास्थ्य अधिकारीलाई चढायो ज्ञापन
नक्सलबारी, 25 मार्च (निसं): 12 सूत्री मागहरूको समर्थनमा नक्सलबारी मण्डल भाजपाले नक्सलबारीको ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पेको छ। आज भाजपाले नक्सलबारी घतानी मोडदेखि अस्पतालसम्म रैलीको माध्यम विरोध प्रदर्शन गऱ्यो। भाजपाले आरोप लगाए अनुसार, अस्पताल पर्याप्त चिकित्सा र स्वास्थ्य कर्मी बिना नै चलिरहेको छ, बिरामीलाई राति एम्बुलेन्स सेवा उपलब्ध छैन, पसलहरूमा उचित मूल्यको औषधि पाइँदैन, अस्पतालमा सीसीटीभी क्यामेराको मर्मत समेत…
Political“बस ! अब धेरै भयो ” कोलकाता आरजी कर घटनाबारे राष्ट्रपति मुर्मुको बयान
कोलकाता : कोलकातामा डॉक्टरसित रेप अनि हत्या मामिलामा सम्पूर्ण देशभरिमा नै आक्रोश देखा परेको छ भने महिलाहरूको सुरक्षालाई लिएर बंगाल सरकारको शर्मनाक रवैयालाई पनि सबैले हेरिरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले कोलकाताको घटनाबारे पहिलो पल्ट बुधवार आफ्नो बयान दिएकी छन्। उनले भनिन्, छोरीहरू विरूद्ध यस प्रकारको अपराध स्वीकार्य छैन। म निराश अनि भयभीत छु। कुनै पनि सभ्य समाजले आफ्नो चेली-बेटीसित यस…
Political Newsमेयर गौतम देवले तृणमूल प्रार्थी गोपाल लामाको समर्थनमा नक्सलबारीमा गरे चुनाउ प्रचार
सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीका मेयर गौतम देवले नक्सलबारीमा चुनाउ प्रचार गरे। बुधवार मेयर गौतम देवले सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषसित नक्सलबारीको दक्षिण कोटियाजोत, उत्तर कोटिया अनि देशबन्धु पाडामा चुनाउ प्रचार अभियान चलाए। यस अवसरमा मेयरले मानिसहरू समक्ष पुगेर तृणमूल उम्मेदवार गोपाल लामालाई भोट गर्ने अनुरोध गरे। मेयर गौतम देवले भने, नक्सलबारीका…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
