पुण्डिङ खैरेनी फरेस्ट बस्तीमा जीएनडब्ल्युओ-को सभा

खरसाङ : गोरामुमो तीनधारे सुकुना समष्टि अन्तर्गत पुण्डिङ खैरेनी फरेस्ट बस्तीमा जीएनडब्ल्युओ-को एउटा सभा समष्टि अध्यक्ष शीला प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा साङ्गठनिक गतिविधिबारे चर्चा – परिचर्चा गरेपछि पुण्डीङ खैरेनी फरेस्ट बस्तीमा जीएनडब्ल्युओ शाखा समिति सर्वसहमतिद्वारा चयन गरियो। उक्त शाखा समितिमा सभापति गिता तामाङ, उप सभापति रेखा राणा, सचिव  संगीता प्रधान राई, सहसचिव लक्ष्मी प्रधान, कोषाध्यक्ष सुशीला राई, सल्लाहकार ईन्द्रमाया छेत्री, लीला छेत्री लगायत 17 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ। सभालाई खरसाङ ब्राञ्च कमिटीको जीएनडब्ल्युओ सचिव कमला राईले आफ्नो सम्बोधनमा नयाँ गठित कार्यकारी समितिलाई बधाई अनि शुभकामना दिइन्। आजको सभामा जीएनडब्ल्युओ केन्द्रीय समितिका उपाध्यक्ष पेमु छेत्री, पंखाबारी गिद्ध पहाड समष्टि सचिव सुबोध पाखरिङ, जीएनवाईएफ समष्टि कार्यकारी अध्यक्ष अमित प्रधान, शाखा सभापति अनुप राई आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *