पुराना समानहरू राखेको दोकानमा आगलागी

सिलगढी : सिलगढी नगरनिगमको 7 नम्बर वार्डको विवेकानन्द रोडस्थित एउटा पुराना समानहरू राखेको एउटा दोकानमा आगो लागेपछि इलाकामा व्यापक आतङ्क मच्चियो। आगलागीको खबर पाएर गत राति दमकल विभागको 4 वटा इञ्जिन घटनास्थलमा पुगेर दुई घण्टाको लगातार प्रयासपछि आगोलाई केही नियन्त्रणमा ल्याएको साथै यसपछि लगातार केही घण्टासम्मको प्रयासपछि मात्र आगोलाई पूर्ण नियन्त्रणमा ल्याएको बताइएको छ। सर्ट सर्किटको कारण उक्त आगलागी भएको दमकल कर्मीहरूले प्राथमिक जाँचपछि अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *